
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डलाई श्रव्यदृश्य शाखाले फिल्म 'कोशेढुंगा'ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै अनुगमन गर्न पत्र लेखेको छ।
- चलचित्र विकास बोर्डलाई सो फिल्मले अश्लिल संवाद हटाएर सबै उमेर समूहका दर्शकका लागि अनुमति दिने निर्णय पालना गरेको छ कि छैन अनुगमन गरी प्रतिवेदन पेश गर्न भनिएको छ।
- फिल्म 'कोशेढुंगा' बिहीबारदेखि प्रदर्शनमा आएको र सरोज पौडेलले निर्देशन गरेको छ।
काठमाडौं । फिल्म ‘कोशेढुंगा’ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै यसबारे अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ ।
‘चलचित्रका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लिल लाग्ने संवाद तथा शब्दहरू हटाइ सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने’ निर्णय गरेकोमा फिल्मले समितिको निर्णय पालना नगरेको बोर्डको पत्रमा उल्लेख छ ।
‘उक्त चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट भएको निर्णयको पालना गरे नगरेको अनुगमन गरि सेन्सर बमोजिम चलचित्र प्रदर्शनीको व्यवस्था मिलाइ सोको प्रतिवेदन समेत पेश गर्नुहुन आदेशानुसार अनुरोध छ’ पत्रमा लेखिएको छ ।
विहिबारदेखि प्रदर्शनमा आएको यो फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4