
८ भदौ, काठमाडौ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकबाट ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन सभामुख देवराज घिमिरे र राष्ट्रयसभा अध्यक्ष नारायण दाहाललाई भेटेर ध्यानकर्षण पत्र बुझाएका छन् ।
प्याब्सन, एनप्याब्सन र हिसानको टोली गएर आइतबार ध्यानकर्षण पत्र बुझाएका हुन् । ‘हाम्रा कुरा राखेका छौँ । उहाँहरूले सकारात्मकरुपमा लिनु भएको छ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगनाले भने ।
निजी विद्यालयलाई कम्पनीमा राखेर गैरनाफामूलक हुन नसक्ने भनाइ निजी विद्यालय सञ्चालकहरूको छ । त्यसैगरी निजी विद्यालयहरूले पूर्ण छात्रवृत्ति पनि दिन नसकिने बताएका छन् ।
पूर्ण छात्रवृत्तिका आवास र पोशाक सुविधा नदिने भनाइ निजी विद्यालयहरूको छ ।
तर विधेयकमा आवस र पोशाक पनि रखिएको छ । मुख्यतः दुई बुँदामा निजी विद्यालयहरूको असन्तुष्टि छ ।
यी माग सम्बोधन नभए १२ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।
प्रतिक्रिया 4