+
+
Shares

एमालेले विधान महाधिवेशनका प्रतिनिधिसँग कुनै शुल्क नउठाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते २१:१६

८ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका प्रतिनिधिहरूसँग कुनै शुल्क नलिने भएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूसँग पैसा नउठाउने निर्णय भएको छ ।

‘यसपालि प्रतिनिधिसँग कुनै किसिमको शुल्क लिदैनौं । तर आवासको व्यवस्था आफै गर्नुपर्छ’, उनले भने ।

आगामी २०–२२ भदौमा गोदावारीमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा २,३९२ जना सहभागिता जनाउँदैछन् । यस मध्ये २१२८ जना प्रतिनिधि र २६४ जना आयोजक छन् ।

‘सामान्यत: प्रतिनिधिहरू आफैंले आवाशको व्यवस्था गर्नुपर्नेछ, तर आफैंले व्यवस्था गर्न नसक्नेहरुलाई पार्टीका तर्फबाट व्यवस्था गरिनेछ’, गौतमले भने ।

आवास खोज्नु पर्नेहरूलाई सम्पर्क समन्वय कमिटीले व्यवस्था गर्नेछ । यो कामको नेतृत्व लालबाबु पण्डितले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?