+
+
Shares

अनेरास्ववियु मोरङमा विवाद : संस्थापन र इतरको आ-आफ्नै संयाेजक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै संयोजक तोकेका छन्।
  • अखिल मोरङको संयोजक वीरेन्द्र घिमिरेलाई उमेर हद नाघेको भन्दै पदाधिकारी बैठकले संगम कन्दङ्वालाई संयोजक तोकेको छ।
  • घिमिरेले आफू संयोजक भएकाले अधिकार प्रयोग गरी एलिस ओझालाई संयोजक तोकेको र इतर पक्षले छुट्टै संयोजक घोषणा गरेको आरोप लगाएको छ।

९ भदाै, विराटनगर । नेकपा एमालेको आन्तरिक विवाद भातृ संगठन अनेरास्ववियु मोरङ जिल्ला कमिटीमा देखिएको छ । विवादका कारण संस्थापन पक्ष र इतर पक्षले छुट्टाछुट्टै व्यक्तिलाई संयोजक तोकेका छन् ।

भदौ ७ गते अखिलको जिल्ला कमिटी बैठकमा विवाद भएपछि संस्थापन पक्षले एलिस ओझा र विद्यादेवी भण्डारी पक्षले संगम कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको हो ।

अखिल मोरङको संयोजकमा वीरेन्द्र घिमिरे थिए । अखिलमा ३२ वर्षे उमेर हद लागेपछि जिल्ला कमिटी बैठकमा घिमिरेसँग नेताहरुले उमेर खुल्ने कागजात माग गरेका थिए ।

विवाद भएपछि उनले बैठक छाडेका थिए । घिमिरे बाहेकको जिल्लाका पदाधिकारी बैठकले कन्दङ्वालाई संयोजकको जिम्मेवारी दिएको थियो । लगतै घिमिरेले ओझालाई संयोजक तोकेका थिए । घिमिरे नेकपा एमाले संस्थापन पक्षका हुन् ।

एमाले अखिल मोरङका नेता नविन पहाडीका अनुसार जिल्ला कमिटीकाे पदाधिकारी बैठकले कन्दङ्वा संयोजक ताेकेकाे हाे ।

पहिलाे बैठकमा विवाद भएपछि दाेस्राे बैठक बसेकाे थियाे । अखिल स्रोतका अनुसार घिमिरेले दोस्रो बैठकको उपस्थीतिमा हस्ताक्षर गरेका छन् । तर निर्णयमा हस्ताक्षर गरेका छैनन । बैठक छाडेर गएपछि घिमिरेले छुट्टै संयोजक घोषणा गरेको इतर पक्षको आरोप छ ।

घिमिरे भने संयोजकको जिम्मेवारीमा रहेका कारण आफ्नो अधिकार प्रयोग गरेर ओझालाई जिम्मेवारी दिएको बताउँछन् । ओझा सुकुना बहुमुखी क्याम्पसकाे स्ववियु सभापति हुन् ।

गत फागुनमा तत्कालीन जिल्ला सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?