
१० भदौ, काठमाडौं । बौद्धिक समाजले गाजामा जारी नरसंहारको अन्त्य र अपहरणमा परेका निर्दोष नागरिकहरूको रिहाइको माग गरेको छ ।
कल्याण श्रेष्ठ, केदारभक्त माथेमा, डा. भेषबहादुर थापा, भोजराज पोखरेल, विद्याधर मल्लिक, प्रा. कृष्ण खनाल, डा. अर्जुन कार्की, प्रा. विपिन अधिकारी र डा. रीता थापाले संयुक्त विज्ञप्ति निकालेर निर्दोष नागरिकहरूको रिहाइको माग गरेका हुन् ।
‘बाँच्न पाउने हक मानवअधिकार घोषणा पत्रको अत्यन्त महत्वपूर्ण पक्ष हो । इजरायली सरकारले मानिसको यस्तो आधारभूत अधिकारको उल्लंघन गरेर जघन्यपूर्ण अपराध गरिरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
राहत सामग्रीहरुलाई गाजा क्षेत्रमा जान दिएर भोकले तड्पिरहेका निर्दोष र निहत्था प्यालेस्टाइनको जीवन रक्षा गर्न उनीहरूले माग गरेका छन् । ‘हत्या र आतंकवादका विरोधी र शान्तिका पक्षधर हौं।
त्यस अर्थमा हमास र इजरायल सरकारबीच हाल जारी हिंसात्मक द्वन्द्व शान्तिपूर्ण ढंगले यथा सम्भव छिटो टुंग्याउन तथा हमास लडाकु समूहले अपहरण गरेर लुकाएर राखिएका सम्पूर्ण निर्दोष नागरिकहरु, जसमध्ये नेपाली नागरिक विपिन जोशी पनि एक हुन्, अविलम्ब र निशर्त रिहाइको समेत माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4