+
+
Shares

सिन्धुलीमा पानी ट्यांकीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १४:०९
प्रतिकात्मक तस्वीर

१५ भदौ, काभ्रेपलाञ्चोक ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी  २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल बहादुर माझीले जानकारी दिए ।

प्रहरीका अनुसार बालिकाको आफ्नै घरको आँगनमा रहेको पानी ट्यांकीमा डुबेर मृत्यु भएको हो ।

प्रारम्भिक अनुसन्धान गरी बालिकाको शव पोस्टमार्टमको लागि सिन्धुली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?