+
+
Shares

नेपाली फिल्म ‘रिहाना’ बुसानमा वर्ल्ड प्रिमियर हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली छोटो फिल्म ‘रिहाना’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘एसियन सर्ट फिल्म कम्पिटिसन’मा वर्ल्ड प्रिमियर हुनेछ।
  • फिल्मको प्रिमियर नेपाली मितिअनुसार ५ र ६ गते (सेप्टेम्बर २१-२२) मा हुनेछ।
  • निर्माता केदार भुसालले यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताए।

काठमाडौं । बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली छोटो फिल्म ‘रिहाना’ वर्ल्ड प्रिमियर हुने भएको छ ।

फेस्टिभलको वेबसाइटअनुसार, ‘एसियन सर्ट फिल्म कम्पिटिसन’को विधामा यो फिल्म प्रिमियर हुन लागेको हो । प्रिमियर नेपाली मितिअनुसार ५ र ६ गते (सेप्टेम्बर २१-२२) मा हुनेछ ।

निर्माता केदार भुसालले यो उपलब्धिले नेपाली कथालाई विश्वसामु पुर्‍याउने प्रयासलाई निरन्तरता दिएको बताए ।

उनले भने, ‘नेपालका फरक कथालाई फरक विधामा प्रस्तुत गर्दै विश्वभर पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौँ । यो छनोटले मलाई अझ ठूलो हौसला र प्रेरणा दिएको छ ।’

’अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको फिल्ममा मिराज मोसन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य छ ।

लेखन र निर्देशन सुरज पौडेलले गरेका हुन् । पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ । फिल्मलाई उज्ज्वल बस्ताकोटी, अविनाशविक्रम शाह र केदार भुसालले निर्माण गरेका हुन् ।

रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा छिन् । शिशिर विशंखेको छायाङ्कन रहेको फिल्मको सम्पादन गौरव मुल्लिकले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?