+
+
Shares

नासुमा पदपूर्तिको व्यवस्था पनि उल्टियो, अब १० प्रतिशत खुला प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १३:४७
सिंहदरबारभित्रको प्रदर्शनमा नायब सुब्बा (नासु) पदका कर्मचारीहरु । फाइल फोटो

१६ भदौ, काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।

यसअघि प्रतिनिधि सभाको बैठकबाट पास भएको निजामती सेवा विधेयक प्रतिवेदनमा नासु पद शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने व्यवस्था थियो । राष्ट्रिय सभामा पुग्दा यो व्यवस्था उल्टिएको हो ।

राष्ट्रिय सभाले यसअघि सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएको थियो । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले  विधेयक माथिको दफावार छलफलको क्रममा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति जुटाएको थियो ।

यसअघि प्रतिनिधि सभाले पास गरेको निजामती सेवा विधेयक प्रतिवेदनमा रहेको अतिरिक्त सचिवको व्यवस्थालाई पनि विधायन व्यवस्थापन समितिले हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?