News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारत र श्रीलंकामा सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुने महिला एकदिवसीय विश्वकपको कुल पुरस्कार राशी १३.८८ मिलियन अमेरिकी डलर घोषणा गरेको छ।
- आईसीसी अध्यक्ष जय शाहले महिला खेलाडीहरूलाई पुरुष सरह सम्मान दिने प्रतिबद्धताको प्रतीक भन्दै यो कदमलाई ऐतिहासिक कोशेढुंगा भनेका छन्।
- प्रतियोगिताको विजेताले ४.४८ मिलियन डलर, उपविजेताले २.२४ मिलियन डलर र सेमिफाइनलिस्टले १.१२ मिलियन डलर पाउनेछन् भने प्रत्येक सहभागी टिमले कम्तीमा २.५ लाख डलर पाउनेछन्।
१६ भदौ, काठमाडौं । भारत र श्रीलंकामा सेप्टेम्बरको अन्तिमदेखि सुरु हुने महिला एकदिवसीय विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कीर्तिमानी पुरस्कार राशी घोषणा गरेको छ।
सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी १३.८८ मिलियन अमेरिकी डलर छ । यो सन् २०२२ मा न्यूजिल्यान्डमा भएको संस्करण (३.५ मिलियन डलर) भन्दा करिब चार गुणा बढी हो।
यस पटकको पुरस्कार राशि पुरुष एकदिवसीय विश्वकप २०२३ को राशीभन्दा पनि बढी छ । सन् २०२३ को एकदिवसीय विश्वकपमा १० मिलियन डलरको पुरस्कार राशी थियो ।
आईसीसी अध्यक्ष जय शाहले अनुसार यो कदम महिलाको क्रिकेटका लागि ऐतिहासिक कोशेढुंगा भएको बताउँदै महिला खेलाडीहरूलाई पुरुष सरह सम्मान दिने प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरे ।
प्रतियोगिताको विजेताले ४.४८ मिलियन डलर पाउनेछन्, जुन २०२२ मा अष्ट्रेलियाले पाएको १.३२ मिलियन डलरभन्दा धेरै हो। उपविजेताले २.२४ मिलियन डलर र पराजित हुने दुई सेमिफाइनलिस्टले १.१२ मिलियन डलर पाउनेछन्।
समूह चरणको प्रत्येक जितका लागि ३४,३१४ डलर दिइनेछ। पाँचौं र छैटौं स्थानमा रहने टिमले ७ लाख डलर, सातौं र आठौं स्थानमा रहनेले २.८ लाख डलर, र प्रत्येक सहभागी टिमले कम्तीमा २.५ लाख डलर पाउनेछन्।
आठ टिम सहभागी हुने प्रतियोगिताका लागि खेलतालिका सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया 4