+

एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबलको उपाधि

२०८२ भदौ  १६ गते १७:२२ २०८२ भदौ १६ गते १७:२२
एन्जल लर्ड र बागमतीलाई टाइमलाइन बास्केटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्जल लर्ड एकेडेमीले ब्वाइजको फाइनलमा नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गरी दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ।
  • बागमती बोर्डिङ स्कुलले गर्ल्सको फाइनलमा नेमोनिकलाई ३७–२५ ले हराउँदै उपाधि हात पारेको छ।
  • प्रतियोगितामा ब्वाइजमा २४ र गर्ल्समा १६ टिमले भाग लिएका थिए र विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसालले पुरस्कृत गरेका छन्।

१६ भदौ, काठमाडौं । एन्जल लर्ड एकेडेमी र बागमती बोर्डिङ स्कुलले दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा एन्जल लर्डले नेमोनिक मोर्डन एकेडेमीलाई ४९–४२ ले पराजित गर्‍यो । एन्जल लर्डको जितमा अभय गुरुङले २२ अंक योगदान गरे ।

गर्ल्सको उपाधि भिडन्तमा स्मृति पोखरेलको १६ अंक सहयोगमा बागमतीले पनि नेमोनिकलाई ३७–२५ ले हरायो ।

ब्वाइजमा एन्जल लर्डका समिर मगर र गल्र्समा बागमतीकी स्मृति पोखरेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नेमोनिकका विपेश थिङ र गल्र्समा नेमोनिककी वर्षा खड्का उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा रेनिस लामा र गल्र्समा अस्मिता थापा सर्वाधिक स्कोरकर्ता बने । दुवै नेमोनिका हुन् ।

ब्वाइजमा मार्वलस र गल्र्समा काठमाडौं जेभियर्स पब्लिक स्कुल अनुशासित टिम ठहरिए । ब्वाइजमा आकाश दीप तथा गर्ल्समा विन्सम ‘इमर्जिङ टिम’ बने ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, आयोजक टाइमलाइनका प्रिसिन्सपल रामप्रसाद बडाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक राजेन्द्र लम्सालले जनाएका छन् ।

टाइमलाइन अन्तरविद्यालय बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय