News Summary
Generated by OK AI. Editorially reviewed.- एसियन ओलम्पिक काउन्सिलले रवि राजकर्णिकार र निलेन्द्रराज श्रेष्ठलाई दुई वर्षका लागि निलम्बन गरेको छ।
- ओसीएले दुवैलाई आगामी दुई वर्ष ओसीसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने पत्र लेखेर जानकारी गराएको छ।
- नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीबीच अस्तित्वको विवाद जारी छ।
१६ भदौ, काठमाडौं । एसियन ओलम्पिक काउन्सिल (ओसीए) ले नेपालका दुई खेल संघका पदाधिकारीलाई दुई वर्षका लागि निलम्बन गरेको छ ।
ओसीए कार्यकारी बोर्डको २८ अगस्टमा बसेको बैठकले इथिक्स कमिटीको निर्णय र सिफारिसका आधारमा नेपाल एक्वेस्ट्रियन संघ अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघ अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई तत्काल लागु निलम्बन गर्ने निर्णय गरेको हो ।
ओसीएले दुवैलाई पत्र लेखेर आगामी २ वर्ष ओसीएसँग सम्बन्धित कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने जानकारी गराएको हो ।
याे निर्णयबारे दुई जनासँगै जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी र सम्बन्धित खेल संघलाई पनि बोधार्थ दिइएकाे छ ।
रवि र निलेन्द्र दुवै एनओसी तदर्थ समिति सदस्य पनि हुन् ।
जीवनराम श्रेष्ठ अध्यक्ष रहेको एनओसी गैरकानुनी भएको भन्दै नेपाल सरकारले मान्यता नदिएको अवस्थामा नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन भएको थियो ।
सरकारले पनि मान्यता दिएकाले आफूहरू नै अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी भएको दाबी तदर्थ समितिको छ ।
सरकारी मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई ओलम्पिक कमिटीले एकअर्काको अस्तिस्व स्वीकारेका छैनन् ।
दुवैले एकअर्कालाई तथाकथित कमिटी भनेर आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया 4