News Summary
Generated by OK AI. Editorially reviewed.- लिभरपुलले न्यूक्यासल युनाइटेडका स्वीडिश स्ट्राइकर अलेक्जान्डर इसाकलाई प्रिमियर लिग इतिहासकै महँगो १३० मिलियन पाउण्डमा भित्र्याएको छ।
- इसाकसँग लिभरपुलले ६ वर्षको सम्झौता गरेको छ र उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा छन्।
- यो ट्रान्सफरले चेल्सीले २०२३ मा मोइसेस काइसिडोका लागि तिरेको ११५ मिलियन पाउण्डको रेकर्ड तोडेको छ।
१६ भदाै, काठमाडौं । लिभरपुलले न्यूक्यासल युनाइटेडका स्वीडिश स्ट्राइकर अलेक्जान्डर इसाकलाई इंग्लिस प्रिमियर लिग इतिहासकै महंगो रकममा क्लबमा भित्र्याएको छ ।
यसका लागि लिभरपुलले १२५ मिलियन पाउण्ड फिक्स रकम र ५ मिलियन पाउण्ड थप गरेर कुल १३० मिलियन पाउण्डको सम्झौता भएको हो । यो प्रिमियर लिग इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो सम्झौता हो।
लिभरपुलसँग इसाकको सम्झौता ६ वर्षको रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा उल्लेख छ । उनी सोमबार मेडिकल परीक्षणका लागि लिभरपुल पुग्ने तयारीमा रहेको बताइएको छ।
यसअघि लिभरपुललर्को गरेको ११० मिलियन पाउण्डको प्रस्ताव न्यूक्यासलले अस्वीकार गरेको थियो। अन्ततः लम्बिएको छलफलपछि सम्झौता सम्पन्न भएको हो।
यो ट्रान्सफरले २०२३ मा चेल्सीले मोइसेस काइसिडोका लागि तिरेको ११५ मिलियन पाउण्डको पुरानो रेकर्ड तोडेको हो।
प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुल हालसम्म ३ खेलमा ३ जित निकाल्ने एकमात्र टिम हो । लिभरपुल ९ अंकसहित शीर्षस्थानमा छ ।
प्रतिक्रिया 4