+

एभरेस्ट महिला भलिबल लिग खेल्न थाइल्यान्डका खेलाडी आइपुगे

२०८२ भदौ  १६ गते १४:३४ २०८२ भदौ १६ गते १४:३४
एभरेस्ट महिला भलिबल लिग खेल्न थाइल्यान्डका खेलाडी आइपुगे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डका तीन खेलाडी वारान्या श्रीलाओङ, पत्राथिप सान्त्राकुन र दारिन पिन्सुवान ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगेका छन्।
  • ललितपुर क्विन्सका पदाधिकारीले उनीहरूलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्।
  • एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण २० भदौदेखि पोखरामा सुरु हुँदैछ।

१६ भदौ, काठमाडौं । साविक उपविजेता ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्यान्डका तीन खेलाडी नेपाल आइपुगेका छन् ।

ललितपुरमा पहिलो संस्करणको लिग खेलेका आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनसँगै आउटसाइड हिटर दारिन पिन्सुवान अनुबन्धित छन् ।

उनीहरू तीन जनालाई नै ललितपुर क्विन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरमा संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् ।

प्रतियोगिता २० भदाैदेखि पोखरामा सुरु हुँदैछ ।

ललितपुर क्विन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय