+
+
Shares

सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १९:०८

१७ भदौ, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका ९ नयाँबस्ती नजिकै बीपी राजमार्गमा बर्दीबासबाट कटारीतर्फ जाँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको भुल्लु गाउपालिका ९ का वर्ष १८ का शौगात माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

महोत्तरीको बर्दीबास नगरपालिका ३ बस्ने बर्ष ३८ को चित्र बहादुर थापा मगरले चलाएको ग २ ख ११४१ नं. को बसले विपरीत दिशाबाट बर्दीबासतर्फ जाँदै गरेको बा १६ प ७३३६ नं. को मोटरसाइकललाई ठक्कर दिई माझीको मृत्यु भएको थियो ।

दुर्घटनामा टाउको र छातिमा चोट  लागेर गम्भिर अवस्थामा रहेका माझीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा डाक्टरद्वारा मृत्यु घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार भारतको मोतिह्यारी घर भई हाल काठमान्डौ माहानगरपालिका वडा न. ७ बस्ने बर्ष १८ को सागर आलम घाइते भएका छन । टाउको र छातिमा चोट लागेको र अवस्था गम्भिर भएका आलमको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र  बस चालक ईलाका प्रहरी कार्यालय भिमानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?