
काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लु कर्पोरेसनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ ।
नजिकिँदै गरेको दसैं, तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्ट सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् ।
विभिन्न छुट र बोनस समावेश सहित गाडी खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले जानकारी दिए ।
कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकले यो अफर अन्तर्गत केवल २० प्रतिशत डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।
साथै, महाप्रबन्धक फुयाँलले यो अफर दसैं, तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकका लागि निकै उपयुक्त रहेको बताए । उनका अनुसार अफर अन्तर्गत गाडी किन्ने ग्राहक जोडीले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन् ।
यस्तै फेस्टिभ अफरमा कम्पनीले १ लाख नगद छुट, १ लाख रुपैयाँको एक्स्चेन्ज बोनस, निःशुल्क बीमा सुविधा प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वासिङ मेसिन निःशुल्क दिइने जनाइएको छ ।
कम्पनीले यो अफर सीमित समयका लागिमात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकलाई नजिकको शोरुममा सम्पर्क गरी यसको लाभ लिन सकिने जनाएको छ ।
नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी–०१ हो । यो गाडीमा ६७.१२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५ सय किलोमिटरभन्दा बढी एक पटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिलिमिटर छ ।
‘गाडी खरिद गर्ने ग्राहकलाई सहजीकरणको उद्देश्य राखी यो अफर सार्वजनिक गरेका हौं, यो अफरको लाभ लिन सक्ने अवसर नेपालीहरूको महान चाडले जुराइसकेको छ, ‘ महाप्रबन्धक फुयाँलले भने, ‘दसैं, तिहारले मात्रै होइन, यसपटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा हर्ष पाउनु हुनेछ ।’
प्रतिक्रिया 4