
फाइल तस्वीर
१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन गरेको चिनियादाबीबारे जवाफ माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद धवल शमशेर जबराले नेपाल हालसम्म असंलग्न परराष्ट्र नीतिमा रहेको बताए ।
‘यो (जीएसआई) हामीले बोकेको असंलग्नताको नीति भन्दा फरक हो । यस्तो भएको छ भने घातक हुन्छ । यो कुरा प्रधानमन्त्रीले सदनमा आएर भन्नुपर्यो’ सांसद जबराले माग गरे ।
अन्य दलहरूले पनि यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4