News Summary
Generated by OK AI. Editorially reviewed.- साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा पोखरा निन्जाजलाई ३-० को सेटमा हराएको छ।
- कर्णालीले पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा २५-२१, २५-२०, २५-१४ को सेटमा जित हासिल गरेको छ।
- ग्रीसकी एभानजेलिया चान्टाभाको उत्कृष्ट प्रदर्शनले कर्णालीलाई विजयी सुरुवात गर्न मद्दत गरेको छ।
२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।
उपाधि रक्षा गर्ने अभियानमा रहेको कर्णालीले आज पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा पोखरा निन्जाजलाई ३-० को सेटमा हरायो ।
ग्रीसका एभानजेलिया चान्टाभाको उत्कृष्ट प्रदर्शन प्रेरित कर्णालीले पोखरालाई २५-२१, २५-२०, २५-१४ ले हरायो ।
त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । मन्त्री चौधरीले लिगको उद्घाटन समारोहमा एभरेष्ट महिला भलिबल लिग नेपाली भलिबलको इतिहासमा पहिलो फ्रेन्चाइज लिग भएको र यसले खेलाडीहलाई धेरै उत्साहित बनाएको भन्दै यसका लागि आयोजकलाई धन्यवाद दिए । साथै यस किसिमको लिगले खेलाडीहरुको विकासको लागि समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा गत वर्ष देखि सुरु भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो । लिगलाई विकेन्द्रिकरण गर्ने र उपत्यका बाहिर विभिन्न शहरमा पुर्याउने लक्ष्यका साथ यस पटक दोस्रो संस्करण पोखरामा आयोजना गरिएको हो ।
आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल हुनेछ ।
प्रतिक्रिया 4