+

नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

२०८२ भदौ  २१ गते ७:१० २०८२ भदौ २१ गते ७:१०
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र बंगलादेशबीच आज दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।
  • नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो।
  • दुवै टोलीको एएफसी एसियन कप छनोट तयारीका लागि दुई मैत्रीपूर्ण खेल महत्त्वपूर्ण मानिएको छ र दोस्रो खेल मंगलबार हुनेछ।

२० भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ ।

फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।

नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।

मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् । उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे ।

त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले‌‌ नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् ।

कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए ।

दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।

मैत्रीपूर्ण फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय