
२२ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन-जी अभियानका युवाहरूलाई भेटेको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा प्रतिवाद आन्दोलन घोषणा गरेका जेन–जी युवाहरू आफूलाई भेट्न आइतबार साँझ भक्तपुरस्थित निवासमा पुगेको उनको दाबी छ ।
आफूले जेन–जीहरूको नेतृत्व गरेका समूहको संयोजकलाई भेटेको प्रसाईंले दाबी गरेका छन् ।
भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले जेन–जी युवाहरू र आफूले उठाउँदै आएका मुद्दामा समानता पाएको तर्क गरेका छन् ।
साथै उनले शान्तिपूर्ण प्रदर्शनका लागि शुभकामना दिँदै जेन–जी युवाहरूको प्रतिवाद आन्दोलनमा दमन नगर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रसाईंले जेन–जी युवाहरूले सोमबारका लागि आह्वान गरेको प्रतिवाद आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने बताएका थिए । तर, जेन–जी युवाहरूले प्रसाईंको विगत स्मरण गर्दै सहभागी हुन नहुने सन्देश पठाएका थिए ।
प्रतिक्रिया 4