
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ।
- पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय भएको छ।
- माओवादीले नेपोटिज्मको आरोपलाई सम्बोधन गर्न कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय गर्ने जनाएको छ।
१० असोज, काठमाडौं । विभिन्न ६ वटा निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ ।
माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रतिवद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ,’ साहले भने ।
यी लगायतका निर्णय गर्दै बिहीबार सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठक सकिएको हो ।
यी हुन् माओवादी केन्द्रीय समितिका ६ निर्णयः
१. केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन आगामी मंसिरमा गर्ने ।
२. पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
३. नेपोटिज्मको आरोप माओवादीमाथि पनि रहेकोले कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने ।
४. जेन–जीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
५. आईटीका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने ।
६. अध्यक्ष प्रचण्डको प्रस्ताव परिमार्जनसहित पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेत समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
प्रतिक्रिया 4