+
+
Shares

जेनजी प्रदर्शनमा ७२ वर्षीय वृद्ध : यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस्

७२ वर्षीय नारायणप्रसाद शर्माको अनुहार चाउरी परेको छ । ठाडो टीका लगाएका छन् । गेरु गम्छा काँधमा हालेका छन् । हेर्दा धार्मिक आस्थावान् देखिने शर्माले युवाहरूलाई आषिश दिए-  ‘भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले आह्वान गरेको आन्दोलनमा विभिन्न उमेर समूहका व्यक्ति सहभागी छन्।
  • ७२ वर्षीय नारायणप्रसाद शर्मा युट्युब बन्द भएपछि छटपटिएका छन् र माइतीघरमा शान्त विरोध जनाइरहेका छन्।
  • शर्माले भनेका छन्- सरकारले साह्रै दु:ख दिए, नेताले सबै बेचे, अब त चिहान र घाट पनि बाँकी नराख्लान् जस्तो भो।

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्ध  ‘जेनजी’ ले आह्वान गरेको आन्दोलनमा युवाहरु मात्र होइन । विभिन्न उमेर समूहका व्यक्ति सहभागी छन् । त्यस्तै मध्येका एक हुन्- सुर्खेत लाटीकोइलीका ७२ वर्षीय नारायणप्रसाद शर्मा ।

उनी आफूलाई मन लागेको कुरा युट्युबमा हेर्थे । उनको सूचना लिने र दिन कटनीको साधन युट्युब थियो । अहिले बन्द भएपछि उनी छटपटिएका छन् ।  उनको छटपटी र गुम्सिएको आक्रोश रिलिज गर्ने थलो जेनजीले सोमबारदेखि थालेको आन्दोलन भएको छ  । विरोध प्रदर्शन हुने भएपछि उनी आफ्नो छोरासँग मोटरसाइकल चढेर माइतीघर आए । उनी माइतीघरको एउटा कुनामा बसेर आफ्नो शान्त विरोध जनाइरहेका छन् ।

‘समाचार हेर्थें । युट्युव हेर्थें । अहिले केही चल्दैन । कस्तो रिस उठ्यो । दिनभए मेरो काम हुँदैन । अनि समर्थन गर्न आन्दोलनमा आएको हुँ,’ उनले भने,’सरकारले साह्रै दु:ख दिए । नेताले सबै बेचे । अब त  चिहान र घाट पनि बाँकी नराख्लान् जस्तो भो ।’

उनको अनुहार चाउरी परेको छ । ठाडो टीका लगाएका छन् । गेरु गम्छा काँधमा हालेका छन् । हेर्दा धार्मिक आस्थावान् देखिने शर्माले युवाहरूलाई आषिश दिए-  ‘भगवान् यो जमातलाई रक्षा गर । यो पुस्ताले चाहिँ साँच्चै परिवर्तन ल्याओस् ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?