+
+
Shares
जेनजी प्रदर्शनमा जे देखियो :

‘नाति पुस्तालाई गोली हान्न आदेश दिनेप्रति धिक्कार छ’

तीनकुने–बानेश्वर सडकखण्डतर्फको संसद् गेटअगाडि जसोतसो पुग्नासाथ प्रदर्शनकारीले ढुंगामुढा बर्साउन थालिसकेका थिए। अघिसम्मको शान्त माहोल अचानक अशान्त बन्न पुगेको थियो। अब त्यो भीड प्रहरीको नियन्त्रणमा थिएन।

कौशल काफ्ले सापेक्ष कौशल काफ्ले, सापेक्ष
२०८२ भदौ २३ गते २३:१७

२३ भदौ, काठमाडौं । माइतीघरमण्डला, बिहान नौ बजे। सबै ठिकठाक थियो। जेजनी प्रदर्शनकारी भेला हुने क्रम: जारी नै थियो। प्रदर्शनका लागि नौ बजेको समय दिइए पनि त्यसअघि नै प्रदर्शनकारी भेला हुन थालिसकेका थिए। कतिपय विद्यालय र कलेज ड्रेसमा थिए। अधिका‌ंश सिर्जनशील प्लेकार्ड र ब्यानरमा ।

सबैले एकै स्वरमा गाइरहेका थिए – गाउँगाउँबाट उठबस्तीबस्तीबाट उठ… । कोही नारा लगाइरहेका थिए। पङ्क्तिकारहरू पनि भिडियो र टेक्स्ट दुवैमा स्थलगत रिपोर्टिङ गरिरहेका थियौं।

१० नबज्दै माइतीघरमा भिड बढ्न थालेको थियो। संख्यामा भन्दा करिब हजार हाराहारी थिए। ‘हामी नेपाली’ भन्ने समूहले त्यहाँ स्वयंसेवकको भूमिका निभाइरहेको थियो। काठमाडौं महानगरपालिकाले समेत पानी र शौचालयको सहयोग गरेको थियो।

हामी नेपाली अभियानका अभियान्ताकाअनुसार विभिन्न संघसंस्थाले यो आन्दोलनमा सहयोग गरेका थिएसोही खर्चको आधारमा व्यवस्थापन गरिएको थियो।

माइतीघर अगाडि राखिएको गाडीमा सामाजिक अभियन्ता केपी खनालदेखि रक्षा बमसम्मले यसलाई सम्हाल्न खोजिरहेका देखिन्थे। उनीहरु स्टेज (गाडी) मा चढेर आह्वान गरिररहेका थिए– आज हामीले आन्दोलन कस्तो हुन्छ भनेर देखाउनुपर्छ। सबैजना शान्त भएर सहभागी भइदिनुस्।

तरजसले जति नै प्रयास गरे पनि समन्वयको अभाव देखिन्थ्यो। एउटा समूहले भनेअनुसार अर्कोले गरिरहेका थिएनन्। स्टेजमा चढेर तिनै अभियन्ताले गरेको माइकिङलाई समेत अटेर गरिरहेका देखिन्थे।

घरी स्पिकरमा राष्ट्रिय गीत घन्काएर सँगसँगै गाएघरी आफैं स्वर निकालेर चिच्याए। जेनजीहरुको सुरुवाती प्रदर्शन हेर्दा लाग्थ्योसाँच्चै गज्जब हुन्छ। तरजसै समय घर्कियो त्यहाँ भिन्न मत र तरिकाहरु जेनजी प्रदर्शनकारीभित्रै सुनिन थाल्यो। स्टेजका आह्वानलाई तल रहेका प्रदर्शनकारीले अटेर गरेर आफ्नै सुरमा कराए।

हामीलाई माइक लेउहामी पनि बोल्छौं,’ तल रहेकाले प्रदर्शनकारीले स्टेजमा रहेकालाई भन्थे। त्यहाँ हरेकलाई बोल्न माइक चाहिएको थियोहरेकलाई आफ्नो कुरा सुनाउनु थियो। यद्यपिउनीहरु संयमित भएर नाराबाजी गरिरहेका थिए। नेतृत्व नहुँदा अलमलमा रहे पनि आफूआफैं हालेमालो गरेर एघार बजेपछि उनीहरु बानेश्वरतर्फ हानिए।

त्यसबेलासम्म सबै शान्तिपूर्ण नै थियो। कोहीकोही आन्दोलन कस्तो हुन्छ ‘बुढाहरुलाई देखाउँछौं भन्दै आक्रोश पोख्थे।

एघार बज्दासम्म माइतीघरमा भेला भएको यो समूह बानेश्वरतर्फ जान निस्कियो। तर फरकफरक ठाउँबाट जेनजीहरू त्यहाँ भेला भइरहेका थिए। केही समूह बानेश्वरतिर लाग्दा केही माइतीघरमै नाराबाजी गरिरहेका थिए।

तरत्यो हुल बानेश्वर लागे पनि माइतीघर शान्त भएन। क्रमश: एकछिनमा अर्को समूह भेला हुनथाल्यो। उनीहरुले त्यहाँ भेला भएर नाराबाजी गर्न थाले। गीत घन्काउँदै कराउन थाले। यो समूहको नारा भने अलि आक्रामक सुनिन्थ्यो– केपी चोर देश छोडसम्म।

प्रदर्शनको ड्रोन तस्वीर ।

यो भिड पनि भेला भएर बानेश्वरतर्फ नै लाग्न थाल्यो। तरत्यहाँको दृश्य हेर्दा लाग्थ्यो सुरक्षाकर्मीले पनि भिडलाई खासै हेक्का राखेका थिएनन्। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीको त्यो भिड माइतीघर–बानेश्वर सडकखण्डको दुवै लेन कब्जा गरेर अघि बढिरहेको थियो। करिब १०/१५ मिनेटसम्म कुनै पनि सुरक्षाकर्मीको उपस्थिति त्यहाँ थिएन। आन्दोलनकारी निश्फिक्री अगाडि बढिरहेका थिए। नारा लगाइरहेका थिए – केपी चोरदेश छोड।

यो भिडलाई सरकारले सामाजिक संजाल बन्द (प्रदर्शनको कारणमध्येको एक) गराएकोमा पनि चरम आक्रोश थियो। जब बबरमहलमा रहेको नेपाल टेलिकम अगाडि आइपुगेकराउँन थाले – जे गर्इन्टरनेट खोल।

प्रदर्शनकारीले त्यसो भन्दै गर्दा टेलिकमका कर्मचारी कार्यालयमाथिबाट हेरिरहेका थिए। नाराबाजी अलि चर्किएपछि उनीहरुले झ्याल लगाए। त्यो हुल त्यहाँ आएपछि मात्र त्यहाँ सुरक्षाकर्मी आएर सुरक्षा दिए।

आफ्नै लयमा राज्यलाई औंलो ठड्याउँदै आएको यो समूह बानेश्वरमा त्यसअघि नै आइपुगेको अघिल्लो समूहसँग मिसिएर नाराबाजी गर्न थाल्यो।

युवाहरू ‘संयमित भएर बसौं’, ‘ढुङ्गामुढा नगरौं’ भन्दै थिए। हतियारधारी प्रहरी अघि हुँदाहुँदै पनि केही युवाहरू सडकमै बसेर नारा लगाइरहेका थिए। जसमा कलेज ड्रेसका विद्यार्थीहरू समेत थिए।

त्यसपछि नयाँ बानेश्वर चोकतिरबाट आएको अर्को हुल पनि पहिलेको हुलमा मिसियो। उनीहरु बानेश्वर–बिजुलीबजार पुलको तल्लो लेन (बुद्धनगर प्रवेशद्वार) हुँदै आएका थिए । यो भिड पनि ठूलै थियो। ‘हामी कोटेश्वरबाट आएका हौं,’ अनलाइनखबरको जिज्ञासामा एकजनाले सुनाएका थिए। त्यसलगत्तै अर्कोले थपे – हामी जनता हौंजहाँबाट पनि आउनसक्छौं।

यो प्रतिक्रियाले पनि उनीहरुको आक्रोश बुझ्न सकिन्थ्यो। अशान्त मन लिएर जेनजी पुस्ता ‘शान्तिपूर्ण आन्दोलन’ गर्न बानेश्वरमा भेला भएको थियो। तरएकाएक प्रहरीसँग तनाव सुरु भयो।

सुरुमा एउटा हुल प्रहरीको घेरा नाँघेर तल्लो लेनबाट मुल सडकमा निस्कियो। प्रहरीभन्दा अगाडि पुगेका ती प्रदर्शनकारीलाई जसोतसो सम्हाल्दै फर्काउन सुरक्षाकर्मी सफल भए। तरत्यसपछि उनीहरुले थप चनाखो भएर जोखिम कम गर्न प्रयास गरेको देखिएन।

एकाएक उत्तेजित भएको हुलले दोस्रो पहलमा सुरक्षा घेरा तोडेको थियो। त्यसपछि भिड सिधै बानेश्वर चोकतर्फ लाग्यो। उनीहरूको सिधा टार्गेटमा थियो – बानेश्वरस्थित संसद् भवन।

तीनकुने–बानेश्वर सडकखण्डतर्फको संसद् गेटअगाडि जसोतसो पुग्ना साथ प्रदर्शनकारीले ढुंगामुढा बर्साउन थालिसकेका थिए। अघिसम्मको शान्त माहोल अचानक अशान्त बन्न पुगेको थियो। अब त्यो भिड प्रहरीको नियन्त्रणमा थिएन।

प्रहरीले पानीको फोहोरा हानेर राेक्न खोज्यो। तर त्यो फिक्का सावित भयो। भिड उत्तेजित हुँदै थियो तर प्रहरीले अश्रु ग्याँस हानिसकेको थिएन। सम्हाल्ने कोशिश गर्दागर्दै जेनजी प्रदर्शनकारी संसद भवनभित्रै छिर्ने प्रयास गरे। त्यसपछि प्रहरीले केही राउन्ड अश्रु ग्याँस प्रहार गर्यो। त्यसले केहीबेर भिडलाई तिरबितर बनायो।

तर प्रदर्शनकारी फेरि जुटे। त्यहाँ भएका प्रहरीहरू सबै दक्षिणी गेट रक्षा गर्न खटिएका थिए। त्यहाँ प्रहरीको भ्यान पनि पुग्यो। तर यसबेलासम्म धेरै ढिला भइसकेको थियो। भिड झन अराजक बन्दै गइरहेको थियो।

केही जेनजीहरू प्रहरीमाथि ढुङ्गा नहान्न र शान्तिपूर्ण भएर आन्दोलन गर्नुपर्छ भन्दै थिए। त्यसबेला करिब दिउँसोको १२ बजेको हुँदो हो। अघिसम्म अश्रु ग्याँस प्रहार गरेको प्रहरी यसबेला रक्षात्मक देखिएको थियो।

त्यहीँ छेकोमा केही युवाहरूले संसद भवनको छतमा चढ्ने मौका पाए। उनीहरू छेउको पर्खालमा झुन्डिएर चढेका थिए। यो प्रक्रियामार्फत ९/१० जनाभन्दा धेरै प्रदर्शनकारी छतमा उक्लिएका थिए।

यता मुख्य बानेश्वर चोकको माहोल केही शान्त जस्तो देखिएको थियो। प्रहरीहरूको ध्यान दक्षिणी गेटमा भएका कारण हुन सक्छचोकमा युवाहरू भेला भएर ‘गाउँ गाउँबाट…’ गाइरहेका थिए । पूरै बानेश्वर चोक जेनजी पुस्ताले भरिएको थियो।

बानेश्वर-बबरमहल आकाशे पुल भरिएको थियो। चोक चौबाटो पूरै युवाहरूले भरिएको थियो। संसद् भवनको दक्षिणतर्फको गेट युवाहरूकै नियन्त्रणमा रहेको थियो।

विस्तारै त्यो भिँड नयाँ बानेश्वर-पुरानो बानेश्वरको बाटोतिर लाग्यो। त्यहाँ निलो सरकारी ड्रेस लगाएका विद्यार्थीहरूप्लस टू पढिरहेका विद्यार्थीहरूको बढी भिड थियो।

उनीहरूले भष्ट्रचार र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको नारा लगाइरहेका थिए। हातमा पम्प्लेट बोकिरहेका थिए। त्यस्तैमा पश्चिम गेटतिर केही हुल युवाहरू भेला हुन थाले। त्यहाँ सरकार विरुद्ध नाराजुलुस भइरहेको थियो।

युवाहरू ‘संयमित भएर बसौं’, ‘ढुङ्गामुढा नगरौं’ भन्दै थिए। हतियारधारी प्रहरी अघि हुँदाहुँदै पनि केही युवाहरू सडकमै बसेर नारा लगाइरहेका थिए। जसमा कलेज ड्रेसका विद्यार्थीहरू समेत थिए। केही गेट सामुन्ने नै पलेटी कसेर बसिरहेका थिए। केही छेवैमै भएको रुखमा चढ्दै थिए। कोही करिब पाँच मिटर जति उचाईं भएको पर्खाल माथिबाट चिहाइरहेका थिए।

त्यहाँ माहोल करिब शान्त नै थियो। तर केही अघि मात्रै भएको अशान्ति अझै सकिएको थिएन।

त्यस्तैमा बानेश्वर चोकबाट भिड पुरानो बानेश्वर जानेतिर दौडिन थाल्यो। त्यसपछि केही युवाहरूले सडक छेवैमा राखिएका ब्रेकर निकाल्न थाले। बाटोदेखि संसद्तिर ढुङ्गा हान्न थाले।

त्यहीँबीच प्रहरीले लगातार अश्रु ग्याँस फाल्न थाल्यो। भिड थापागाउँआइप्लेक्स र संसद भवनको उत्तरतिर भाग्न थाल्यो। करिब तितरबितर भइसकेको भिडलाई फेरि राष्ट्रिय वाणिज्य बैंक अगाडि बसेको प्रहरीको अर्को समूहले अश्रु ग्याँस फाल्यो।

पङ्क्तिकारहरू समेत त्यो ग्याँसबाट प्रभावित भयौं। यो अवस्थाको माहोल हुन्छ भन्ने कसैलाई पूर्व अनुमान थिएन। अनि धेरै जना युवाहरू बिना पानीको बोतल हिँडिरहेका थिए।

त्यस्तोमा सबै जना झुकेर आँखा मिच्दै जता खुट्टाले लान्छत्यतै हिँडिरहेका थिए। मुख्य बानेश्वरको चौकुनाबाट युवालाई प्रहरीले करिब थापागाउँ मन्दिरसम्मै अश्रु ग्याँस हान्दै खेदेका थिए।

यसबेलासम्म जिल्ला प्रशासन काठमाडौंले बानेश्वर इलाकामा कर्फ्यू लगाइसकेको थियो। तर प्रदर्शनरत युवा टसको मस भएका थिएनन्।

त्यस्तो बेला अनामनगर-थापागाउँ हुँदै सेना र सशस्त्रको गाडी पनि आइपुग्यो। तर केही अघि युवाले सशस्त्रको गाडी अगाडि नै उभिएर बाटो छेकिरहेको थियो।

भागाभाग भएको जमात विभिन्न गल्लीहरूमा छिरिरहेको थियो। रयसैबेला समाचार आयो – प्रहरीको गोली लागेर एक युवाको मृत्यु भयो।

त्यसपछि केही युवाहरू डराइरहेका देखिन्थे। केही आक्रोश पोखिरहेका थिए। तर गल्ली गल्लीमा युवाहरू भागिरहँदा त्यहाँसम्म प्रहरीले खेदिरहेको थियो।

यस्तो परिस्थितिमा पङ्क्तिकारहरू सुरक्षित हुन अलि भित्री बाटोको एक क्याफेमा छिरे। जहाँ पहिल्यै नै केही युवाहरू सुरक्षित हुन छिरेका रहेछन्। तर जसै चिसो पेय खाएर निस्कने सोचेका थिएत्यसो भएन।

बाहिर (मुख्यत: संसद् भवन आसपास) निक्लने माहोल नै बनेन। त्यो आक्रोशित माहोलादेखेपछि क्याफे सञ्चालले सटर टाने। करिब ७/८ जना गुम्म परेको क्याफेमा बसियो।

यसपछि लगातार युवा प्रदर्शनकारीको मृत्युको समाचार आउन थाल्यो। हामी जेनजी पुस्ता सक्रिय भएको वैकल्पिक सञ्चार माध्यम रेडिट र डिस्कर्डमा पनि च्याहिरहेको थियाैं।

ती स‌ञ्जालमा हामी नेपालजसले आन्दोलन व्यवस्थापन गर्ने दाबी गरेको थियोले युवाहरूलाई आन्दोलनबाट फिर्ता हुन आग्रह गरिरहेको थियो। अर्कोतर्फ मृत्युको खबरपछि युवाहरू झनै आक्रोशित देखिन्थे। दिउँसोको चार बज्दासम्म ‘आजको घटना केपी ओलीको कोत पर्व भएको’, ‘सञ्चारमन्त्रीरक्षामन्त्री र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने’, ‘मृतकको शोक र्‍याली गर्नुपर्ने’ जस्ता कुराहरू सामाजिक सञ्जालमा फैलिसकेका थिए।

क्याफेभित्र बसेर बाहिरको वास्तविक माहोल बुझ्न कठिन नै थियो। तर भाग्यवस् क्याफेमा सीसीटीभी जडान भएको हुनाले सञ्चालकले बाहिरको परिस्थिति देखाइरहेका थिए। त्यस ठाउँ बानेश्वर चोकबाट करिक ४०० मिटर पश्चिममा पर्छ। तर त्यहाँ पनि प्रदर्शनकारीहरू भागाभाग गरिरहेका थिए।

हाम्राे जोडबलमा सञ्चालकले सटर खोलेर बाहिर निस्कन लाग्दा मात्रै पनि आईप्लेक्स मलबाट भाग्दै आइरहेका प्रदर्शनीहरू भेटिएका थिए।

तर त्यसबेलासम्म शान्तिपूर्ण गर्ने भनिएको जेनजी आन्दोलन रक्ताम्मे भइसकेको थियो। करिब १५ जनाको मृत्यु भइसकेको थियो। सयौं घाइते भइसकेका थिए।

पश्चिमा सूर्य अस्ताउन लाग्दासम्म सामान्य दिनमा व्यस्त हुने बानेश्वर चोक बिथोलिएको आन्दोलनका कारण अस्तव्यस्त थियो। क्याफे बसेको करिब ३ घण्टापछि बाहिर निक्लँदा आसपासका अधिकांश सटर बन्द थिए। मान्छेहरू भयावहको माहोलमा थिए।

भर्खरै कार्यालय समय पनि सकिएकाले कोही ‘कुन बाटो जाँदा सुरक्षित हुन्छ’ सोध्दै थिए त कोही राइड शेयरिङ प्लेटफर्म नआएकोमा गुनासो गरिरहेका थिए।

सामाजिक सञ्जालमा निकै प्रचारित आजको दिन अर्थात् सेम्प्टेम्बर ८ धेरैले शान्त हुन्छ सोचेका थिए। जेनजी दिन भनेर निकै चर्चा गरिएको दिनलाई जेनजीहरूले आदर्श हुने बताएका थिए।

तर यो दिन रगताम्य भयो ।

सायद त्यसैले होला हिजो आइतबार मात्रै ‘गाउँ गाउँबाट उठ’ भनेर साङ्केतिक रूपमा जेनजीलाई समर्थन गरेका गायक अमृत गुरुङले सोमबार बेलुका सञ्जालमा लेखे – नाती पुस्तालाई गोली हान्न आदेश दिने सबैप्रति धिक्कार छ।

तस्वीरहरूः विकास श्रेष्ठ, शंकर गिरी, चन्द्र आले, आर्यन धिमाल, कमल प्रसाईं

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?