+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बाबुरामको अपिल : आन्दोलन लक्ष्यमा नपुगी बीचमै छोड्नुहुन्न

आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ’भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न सतर्कता अपनाउन र पूर्वयोजना बनाउन अपील गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ९:३२

२४ भदौ, काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेनजीलाई अपील गर्दै आन्दोलनमा घुसपैठ हुनसक्नेप्रति सचेत बनाएका छन् ।

आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र ’भेडाको छाला ओढेर आउने ब्वाँसाहरू’ लाई समयमै चिन्न सतर्कता अपनाउन र पूर्वयोजना बनाउन अपील गरेका छन् ।

नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिने उल्लेख गर्दै डा. भट्टराईले नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुने बताएका छन्।

प्रसिद्ध बोली उधृत गर्दै भट्टराईले ‘इतिहास दोहोरिन्छ, किनकि मानिसहरूले आफ्ना गल्तीहरू दोहोर्याउँछन्’ उल्लेख गर्दै जेनजी पुस्ताले ध्यान पुर्‍याउनु पर्ने विषयमा उनको आग्रह छ ।

‘आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म वीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ,’ भट्टराईले भनेका छन्,’ भट्टराईले जेनजी पुस्तालाई भनेका छन्,‘संघर्षको जुन रूप निर्धारण गरिएको छ (अहिलेको शान्तिपूर्ण रूप!) त्यसमा दृढ रहनुपर्छ। कसैको वहकावमा आउनुहुन्न ।’

’भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भनाईप्रति ख्याल गर्न भट्टराईले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?