+
+
Shares

देशका विभिन्न कारागारबाट फरार ३७ कैदीबन्दी काभ्रेमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २९ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ।
  • पक्राउ परेका कैदीबन्दीलाई सम्बन्धित कारागार कार्यालयहरूमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
  • पक्राउ परेका कैदीबन्दीमा कर्तव्य ज्यानका १२, जबरजस्ती करणीका ९ र लागुऔषधका ४ जना रहेका छन्।

२९ भदौ, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा देशभरिका विभिन्न कारागारहरूबाट फरार भएका ३७ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।

३७ कैदीबन्दीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सम्बन्धित कारागार कार्यालयहरूमा पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

पक्राउ परेका मध्ये केन्द्रीय कारागारका १८ जना, डिल्लीबजार कारगारका १४ जना, नख्खु कारागारका ३ जना र सिन्धुली कारागारका २ जना छन् ।

शाहका अनुसार कर्तव्य ज्यानका १२ जना, जबरजस्ती करणीका ९ जना, लागुऔषधका ४ जना, चोरीका ४ तथा अपहरण तथा शरिर बन्धकका २ जना, सवारी ज्यानका २ जना, ओभर स्टे १ जना, ठगिका २ जना र मानव बेचविखनका १ जनालाई सम्बन्धित कारागार कार्यालयहरुमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?