News Summary
Generated by OK AI. Editorially reviewed.- गत २३ र २४ भदौमा काठमाडौंसहित देशभर भएको आन्दोलनमा खेलाडीहरू पनि प्रभावित भएका छन्।
- ललितपुर सिटी एफसीका सदस्य पवन शाहीलाई सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका छन्।
- नेपाल फुटबल खेलाडी संघले सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचार र क्षतिपूर्ति माग गरेको छ।
२९ भदौ, काठमाडौं । गत २३ र २४ भदौमा काठमाडौंसहित देशभर जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा खेलाडीहरू समेत प्रभावित भएका छन्।
ललितपुर सिटी एफसीका सदस्य तथा पूर्व ब्रिगेड ब्वाइज क्लब र एनआरटीका खेलाडी पवन शाही भदौ २३ गते बानेश्वरमा सुरक्षाकर्मीले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन्।
कालीकोट, मान्माका शाहीको छाती र हातमा गोली लागेको थियो। हाल उनी ट्रमा सेन्टरमा उपचाररत छन्।
त्यस्तै, सोही आन्दोलनमा बाँकेका क्रिकेट खेलाडी सुलभ राज श्रेष्ठको पनि निधन भएको थियो।
नेपाल फुटबल खेलाडी संघले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
संघले घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
प्रतिक्रिया 4