+
+
Shares

साउनमा थप ३ अर्ब ८३ करोड सेयर कर्जा प्रवाह, पुग्यो १ खर्ब ४४ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ।
  • साउन मसान्तसम्म कुल सेयर धितो कर्जा १ खर्ब ४४ अर्ब ५३ करोड पुगेको छ, जुन असार मसान्तको १ खर्ब ४० अर्ब ७० करोडभन्दा बढी हो।
  • साउनमा २५ लाखमुनिको सेयर कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ, जुन सबैभन्दा बढी वृद्धि हो।

१ असोज, काठमाडौं । साउन महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुबाट ३ अर्ब ८३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकको सार्वजनिक तथ्यांकअनुसार साउन मसान्तसम्म यस्तो कर्जा कुल १ खर्ब ४४ अर्ब ५३ करोड प्रवाह भएको छ । असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड गएको थियो ।

१ करोडमाथिको सेयर कर्जा नै १ खर्ब नाघेको छ । १ करोडमाथि १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । त्यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा १६ अर्ब ९१ करोड, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १७ अर्ब ८ करोड, २५ लाखमुनिको कर्जा ८ अर्ब ७२ करोड रुपैयाँ प्रवाह भएको छ ।

असारको तुलनामा साउनमा २५ लाखमुनिको सेयर कर्जा सबैभन्दा धेरै ६.७ प्रतिशत बढेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?