+
+
Shares

भदौमा १८ फिल्मलाई निर्माण इजाजत, सूचीमा नवीन सुब्बादेखि उज्वल घिमिरेका फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १३:३९
नवीन सुब्बा बायाँ र उज्वल घिमिरे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ महिनामा १८ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् जसमा नवीन सुब्बा र उज्वल घिमिरे छन्।
  • उज्वल घिमिरेले २०१५ मा रिलिज भएको 'वडा नम्बर ६' शीर्षकमा नयाँ फिल्म बनाउन अनुमति पाएका छन्।
  • ज्ञानेन्द्र देउजाले 'झिंगेदाउ २' निर्माण अनुमति पाएका छन् जसमा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल छन्।

काठमाडौं । भदौ महिनामा १८ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । सूचीमा नवीन सुब्बादेखि पाका निर्देशक उज्वल घिमिरेसम्म छन् ।

सूचीमा केही नयाँ निर्माता छन् भने कतिपयले सिक्वेल निर्माणको लागि अनुमति पाएका छन् ।

दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ले निर्माण इजाजत लिएको छ । यो फिल्मको छायांकन अहिले चलिरहेको छ ।

गीतकार समेत रहेका शंकर अघिकारी ‘घायल’ले फिल्म ‘सुस्केरा’ निर्देशन गर्ने भएका छन् । यो फिल्मले पनि अनुमति पाएको छ ।

शैलेन्द्रध्वज कार्की र शान्ति गिरीले ‘पोखरेली मसिनो’ फिल्मको लागि निर्माण अनुमति पाएका छन् । यसको अहिले छायांकन चलिरहेको छ ।

चिकित्सक भोला रिजालका छोरा कपिलले ‘गौंथली’ नामक नयाँ फिल्म दर्ता गरेका छन् ।

कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई शीर्ष भूमिकामा लिएर मदन थापाले ‘परिवार’ नामक फिल्म निर्देशन गर्नेछन् ।

लक्ष्मण सुनारले फिल्म ‘जुनकिरी रानी’ निर्देशन गर्ने भएका छन् । यो फिल्मका कलाकारको रुपमा सुलक्षण भारती, स्वस्तिमा खड्का, सुहाना थापालाई चिनाइएको छ ।

कमेडियन हिमेश पन्तको अभिनय रहने फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ले पनि निर्माण अनुमति पाएको छ । यो फिल्मलाई जानकी पन्तले निर्देशन गर्ने जनाइएको छ ।

घनश्याम लामिछानेले फिल्म ‘छिमेकी’ निर्देशन गर्ने भएका छन् ।

निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको नाम उल्लेख गर्दै ‘झिंगेदाउ २’ निर्माणको लागि बोर्डबाट अनुमति पाएका छन् ।

सुव्रतराज आचार्यले फिल्म ‘पच्चिस पच्चिस’ निर्देशन गर्नेछन् ।

पाका निर्देशक उज्वल घिमिरेले आफ्नो ब्यानर आयुष मूभिज प्रालिको ब्यानरमा फिल्म ‘वडा नम्बर ६’को निर्माण र निर्देशनको अनुमति पाएका छन् ।

घिमिरेले नै निर्देशन गरेको सोही नामको फिल्म सन् २०१५ मा पनि रिलिज भएको थियो । १० वर्ष पुरा भएपछि सोही शीर्षकमा फिल्म बनाउन सकिने प्रावधानमा टेकेर उनले पुरानै नाममा फिल्म दर्ता गरेका हुन् ।

यदि यसो भयो भने घिमिरेको फिल्म निर्देशनमा यो पुनरागमन हुनेछ । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । घिमिरे निर्देशित पछिल्लो फिल्म ‘लभ स्टेसन’ सन् २०१९ मा रिलिज भएको थियो ।

नवीन सुब्बाले आफ्नो निर्माण र निर्देशन रहने फिल्म ‘लाहुरे जुत्ता’ बनाउन अनुमति पाएका छन् । उनको ब्यानर मोन्छयायेम पिक्चर्सको ब्यानरमा फिल्म दर्ता भएको छ ।

जयकिसन बस्नेतलाई लिएर फिल्म ‘नसोचेको माया’ बन्ने भएको छ । विक्रम जोशीले फिल्म ‘विक्रम’ निर्देशन गर्ने भएका छन् । यो फिल्मका कलाकारमा विक्रमसहित जेनिमा एलिजाबेथ, कन्सटेन्स टोम्स पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?