+

रियल मड्रिडको लगातार पाँचौ जित

२०८२ असोज  ५ गते ८:४१ २०८२ असोज ५ गते ८:४१
रियल मड्रिडको लगातार पाँचौ जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले स्पानिस ला लिगामा स्पायोललाई २-० ले पराजित गर्दै लगातार पाँचौं जित हासिल गरेको छ।
  • एडर मिलिटाओले २२औं मिनेटमा रियललाई अग्रता दिलाए भने केलिएन एमबाप्पेले ४७औं मिनेटमा दोस्रो गोल गरे।
  • रियल मड्रिडले ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ।

५ असोज, काठमाडौं । रियल मड्रिडले स्पानिस ला लिगामा स्पानयोललाई २-० ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको भएको खेलमा रियलका लागि एडर मिलिटाओ र केलिएन एमबाप्पेले गोल गरे । ला लिगामा यस सिजन रियलको यो लगातार पाँचौ जित हो ।

५ खेलबाट १५ अंक जोडेर रियल शीर्ष स्थानमै कायम छ । समान खेलबाट १० अंकसहित स्पानयोल चौथोमा छ ।

मिलिटाओले २२औं मिनेटमा फेडेरिको भलभर्डेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि एमबाप्पेले ४७औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गरे ।

अर्को खेलमा भियारियालले ओसासुनालाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । भियारियालको ५ खेलबाट १० अंक छ ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय