
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले यस्तो सामान खाताबाट मिनाहा गरी लिलाम बिक्री गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
- सहरी विकास मन्त्रालय र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी क्षतिको आकलन र लिलाम बिक्री गर्ने निर्णय भएको छ।
५ असोज, काठमाडौं । सरकारले जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन कवाडीका रूपमा लिलाम बिक्री गर्ने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । उनका अनुसार खाताबाट यस्तो सामान मिनाहा गर्ने र कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय भएको छ ।
केन्द्रका हकमा सहरी विकास मन्त्रालय र जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरी त्यस्तो समितिले यो काम गर्ने निर्णय भएको छ ।
आन्दोलनमा भएको क्षतिको आकलन गर्नसमेत सरकारले समिति बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4