News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ।
- भारतले पाकिस्तानले दिएको १७२ रनको लक्ष्य ७ बल बाँकी छँदा ४ विकेटमा पूरा गर्यो।
- अभिषेक शर्माले ३९ बलमा ७४ रन बनाए।
५ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको दोस्रो खेलमा भारतले पाकिस्तानलाई हराएको छ । आइतबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो । ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रन बनाए । अर्का ओपनर शुभमन गिलले ४७ रन बनाए भने तिलक वर्मा ३० रनमा अविजित रहे ।
पाकिस्तानका हारिस राउफले २ विकेट लिँदा फहीम असरफ र अबरार अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । ओपनर साहिबजदा फरहानले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।
सायम अयुबले र मोहम्मद नवाजले समान २१ रन बनाए भने अन्त्यतिर फहीम अशरफले ८ बलमा २० रनको अविजित पारी खेले ।
भारतका शिवम दुबेले २ विकेट लिँदा हार्दिक पान्ड्या र कुलदीप यादवले १-१ विकेट लिए ।
यसअघि समूह चरणको खेलमा पनि भारतले पाकिस्तानलाई हराएको थियो । आजको जितसँगै भारतले सुपर फोरमा २ अंक जोडेको छ ।
सुपर फोरमा पुगेका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले एकअर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् ।
प्रतिक्रिया 4