+

डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

२०८२ असोज  ७ गते ७:३२ २०८२ असोज ७ गते ७:३२
डेम्बेलेले जिते बालोन डि’ओर अवार्ड, यमाल उत्कृष्ट युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि'ओर २०२५ अवार्ड जितेका छन्।
  • महिलातर्फको बालोन डि'ओर अवार्ड स्पेनकी एइताना बोनमतीले लगातार तेस्रोपटक जितेकी छन्।
  • पीएसजीले वर्ष उत्कृष्ट पुरुष टोली, लुइस एनरिके उत्कृष्ट प्रशिक्षक र डोनारुमा उत्कृष्ट गोलरक्षक अवार्ड जितेका छन्।

७ असोज, काठमाडौं । फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् ।

सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेता समेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।

पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।

बालोन डि’ओर अवार्डका साथ डेम्बेले र बोनमती

यस्तै स्पेन राष्ट्रिय टोली तथा स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।

च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक तथा पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित भए ।

महिलातर्फको वर्ष उत्कृष्ट टोलीको अवार्ड आर्सनलले प्राप्त गर्‍यो । त्यस्तै उत्कृष्ट स्ट्राइकरको अवार्ड स्वीडेनका भिक्टोर ग्योकेरेसले जिते । महिलातर्फ उत्कृष्ट स्ट्राइकरको अवार्ड पोल्यान्डकी इवा पाजोरले जितिन् ।

 

ओस्मान डेम्बेले बालोन डि'ओर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय