+
+
Shares

मंसिरमा नसके विशेष महाधिवेशन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १८:५४
फाइल तस्वीर

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले १५औं महाधिवेशन मंसिरमा हुन नसके विशेष महाधिवशेन हुनुपर्ने बताएका छन् ।

बुधबार सुनसरीमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले भने, ‘१५औं महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ ।’ मंसिरमा गर्न नसकिए एकमात्र विकल्प विशेष महाधिवेशन भएको उनको भनाइ छ ।

विधानको १७ (२) बमोजिम केन्द्रीय समितिबाट हरसम्भव निर्णय गराउन दुई महामन्त्री लाग्ने उनले बताए ।

शर्माले भने, ‘तर केन्द्रीय समितिले त्यो निर्णय नगर्ला कि भनेर ४० प्रतिशत हस्ताक्षर जुटाउन तर्फ महाधिवेशन प्रतिनिधिहरू लाग्नुहुन्छ भने त्यसलाई कसैले पनि नकारात्मक रूपमा लिन मिल्दैन । माथिको निर्णयले होस् या तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?