+
युनिटी कप टी-२०आई शृंखला :

वेस्ट इन्डिजलाई नेपालको मध्यम लक्ष्य

२०८२ असोज  ११ गते २१:५६ २०८२ असोज ११ गते २१:५६
वेस्ट इन्डिजलाई नेपालको मध्यम लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले यूएईमा सुरु भएको वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको पहिलो खेलमा १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
  • कप्तान रोहित पौडेलले ३८ रन बनाए भने कुशल मल्लले ३० रन बनाए।
  • वेस्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए भने नविन विदायसीले ३ विकेट लिए।

११ असोज, काठमाडौं । यूएईमा आजदेखि सुरु भएको वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाउँदै १४९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । गुल्शन झाले २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

१२ रनमै २ विकेट गुमेको अवस्थाबाट रोहित र मल्ल मिलेर तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । यद्यपी फिनिसिङ राम्रो हुन नसक्दा नेपाल १५० भित्रै रोकियो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए । डेब्यू गरेका नविन विदायसीले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । कप्तान अकिल होसेनले १ विकेट लिए ।

नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउन सकेको छैन। यस योगफल डिफेन्ड गर्दै जित निकालेमा नेपालले इतिहास रच्ने छ ।

नेपाल-वेस्ट इन्डिज शृंखला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय