News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन जाने भएको छ।
- प्रतियोगिता अक्टोबर ३ देखि ५ तारिखसम्म मलेसिया कराते महासंघको आयोजनामा हुनेछ।
- चार महिला खेलाडी एरिका गुरुङ, वर्षा बुढा मगर, सविना श्रेष्ठ र सानुमाया थिङले नेपाललाई चुनौती दिनेछन्।
१४ असोज, काठमाडौं । मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसिया जाने भएको छ ।
नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढा मगर ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।
प्रतिक्रिया 4