+
+
Shares

जेनजी आन्दोलनका नाममा पैसा नउठाउन अर्थ मन्त्रालयको आग्रह

अर्थ मन्त्रालयले हालैको जेनजी आन्दोलनको क्रममा पीडित परिवारका नाममा गैरसरकारी संस्था र व्यक्तिले पैसा उठाउन थालेको भन्दै त्यस्तो कार्य नगर्न ध्यानाकर्षण गराएको छ । राहत, पुनर्निर्माण र आर्थिक पुनस्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको भन्दै सोही कोष मार्फत मात्रै सहयोग गर्न अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले जेनजी आन्दोलनका पीडित परिवारका नाममा गैरसरकारी संस्था र व्यक्तिले पैसा उठाउन थालेकोमा ध्यानाकर्षण भएको जनाएको छ।
  • सरकारले राहत र पुनर्निर्माणका लागि आधिकारिक भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको र सोही कोषमार्फत मात्र सहयोग गर्न अनुरोध गरेको छ।
  • मन्त्रालयले कोषमा जम्मा हुने रकम जेनजी र घाइते परिवारका प्रतिनिधिहरुको सहभागितामा पारदर्शी र जवाफदेही रूपमा उपयोग गरिने प्रतिबद्धता जाहेर गरेको छ।

१८ असोज, काठमाडौं । अर्थ मन्त्रालयले हालैको जेनजी आन्दोलनको क्रममा पीडित परिवारका नाममा गैरसरकारी संस्था र व्यक्तिले पैसा उठाउन थालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई राहत र घाइतेको उपचारको लागि विभिन्न व्यक्ति तथा गैरसरकारी संस्थाले पैसा उठाइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

राहत, पुनर्निर्माण र आर्थिक पुनस्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको भन्दै सोही कोष मार्फत मात्रै सहयोग गर्न अनुरोध गरेको छ ।

समानान्तर र अपरादर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।

स्वदेश तथा विदेशबाट संकलन भएको रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेशी ढंगले परिचालन गर्नका लागि आधिकारिक कोषको स्थापना गरिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

उक्त कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निमार्णका सबै जेनजी सहित तथा घाइते परिवारका प्रतिनिधिहरु समेतको सहभागितामा समुचित उपयोग गरिने समेत मन्त्रालयले प्रतिबद्धता जाहेर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?