+
+
Shares

रानीबारीको म्हेपी खोलामा श्रीमान्–श्रीमती हाम फाले

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २२:०२
फाइल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पतीले झगडा पछि हाम फालेका छन्।
  • श्रीमान श्याम बुढाथोकी उद्धार भएका छन् भने श्रीमती रितु रोका अझै बेपत्ता छिन्।
  • उद्धारका क्रममा अमन टुन्चिङ मगरलाई पनि स्वास्थ्य समस्या देखिएको थियो र उपचारपछि डिस्चार्ज गरिएको छ।

१८ असोज, काठमाडौं । काठमाडौंको रानीबारीस्थित म्हेपी खोलामा एक दम्पती हाम फालेका छन् ।

शनिबार दिउँसो श्रीमान् श्रीमतीले नै खोलामा हाम फालेका हुन् । उक्त घटनामा श्रीमान श्याम बुढाथोकीको भने उद्धार भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, श्रीमती रितु रोका भने अझै बेपत्ता छिन् ।

श्रीमान–श्रीमतीबीच झगडा भएपछि दुवै जना खोलामा हाम फालेको एसपी भट्टराईले जानकारी दिए ।

उनीहरू खोलामा हाम फालेर अर्का एक जना बचाउन खोलामा गएका थिए । उनले श्रीमानको उद्धार गर्न सफल भए ।

उद्धारपछि बचाउन गएका अमन टुन्चिङ मगरको पनि स्वास्थ्यमा समस्या देखिएको थियो ।

उनीहरू दुवैको उपचारपछि अस्पतालबाट डिस्चार्ज भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?