+

साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्दै

२०८२ असोज  १९ गते १७:१९ २०८२ असोज १९ गते १७:१९
साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफले पहिलोपटक महिला र पुरुष दुवैका लागि साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको छ।
  • साफले फुटसल च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना गर्नेछ।
  • प्रशिक्षक र रेफ्रीका लागि क्षमता अभिवृद्धि तालिम पनि सञ्चालन गर्ने जनाएको छ।

१९ असोज, काठमाडौं । साउथ एसियन फुटबल फेडेरेसन (साफ)को आयोजनामा पहिलोपटक साफ फुटसल च्याम्पियनसिप हुने भएको छ ।

साफले महिला र पुरुष दुवैको साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिता आगामी जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुनेछ ।

साफले फुटसल च्याम्पियनसिपसँगै प्रशिक्षक र रेफ्रीका लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने भएको छ। यस पहलले दक्षिण एशियामा फुटसलको आधार मजबुत बनाउने लक्ष्य लिएको छ।

विश्वभर लोकप्रिय भए पनि दक्षिण एशियामा फुटसल अझै कमजोर अवस्थामा रहेको जनाउँदै साफका महासचिव पुरुषोत्तम कट्टेलले भने, ‘फिफाका सदस्यका रूपमा सबै देशहरूले फुटबलसँगै फुटसल र बीच फुटबलमा पनि सक्रिय हुन अपेक्षित हुन्छ। तर हाम्रो क्षेत्र यसमा पछि परेको छ।’

‘हाम्रो क्षेत्रमा फुटसलसँग सम्बन्धित अधिकारीहरूको कमी देखिएकाले विकास सुरु गर्नु अत्यावश्यक छ। कार्यकारी समितिले निर्णय स्वीकृत गरिसकेको छ र यस ऐतिहासिक कार्यक्रमका लागि फिफा र एएफसी दुवैलाई धन्यवाद छ’ उनले थपे ।

साफले यो च्याम्पियनसिपलाई दक्षिण एशियामा फुटसलको जरो बलियो बनाउन महत्वपूर्ण कदमका रूपमा लिएको छ। हाल युवामाझ यसको रुचि बढ्दै गएकाले प्रतियोगिता र तालिममार्फत संरचित रूपमा विकास गर्न आवश्यक भएको जनाएको छ।

च्याम्पियनसिपसम्बन्धी थप जानकारी चाँडै सार्वजनिक गरिने साफले जनाएको छ।

साफ फुटसल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय