
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकेको छ।
- सुनको मूल्य अघिल्लो दिनको २ लाख ३३ हजार १ सय रुपैयाँबाट २३ सय रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य प्रतितोला २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ जुन हालसम्मकै उच्च मूल्य हो।
२१ असोज, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।
चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4