+
+
Shares

तोलामा २ हजार ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ।
  • सुनको भाउ अघिल्लो दिनको २ लाख ३५ हजार ४ सय रुपैयाँबाट २ हजार ६ सय रुपैयाँले बढेको छ।
  • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ।

२२ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । दशैंपछि सुन तोलामा करिब १५ हजार बढिसकेको छ । दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ । विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?