+
+
Shares

प्रतितोला १२ सय बढ्यो सुन, चाँदी नाघ्यो ३ हजार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर २ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको छ।
  • दशैंपछि सुनको भाउ लगातार बढेको छ र यो मूल्य अहिलेसम्मकै उच्च हो।
  • चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर पहिलो पटक ३ हजार २५ रुपैयाँ नाघेको छ।

२३ असोज, काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । दशैंपछि सुनको भाउ लगातार बढेको छ । दशैंअघि २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी पहिलो पटक तोलामा ३ हजार रुपैयाँ नाघेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७० रुपैयाँ बढेर ३ हजार २५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?