
२५ असोज, काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले एकदिनको तलब सहयोग गर्ने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल सरकारले उक्त कोष स्थापना गरेको हो ।
देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा हातेमालो गर्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एकदिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयो । यो योगदानले पुनर्निर्माण र राहतका कार्यलाई थप बल पुर्याउने मिश्रले विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको अर्थमन्त्रीको अध्यक्षतामा रहेको छ । गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य रेका छन् ।
शहरी विकास मन्त्रालयका सचिव सदस्य-सचिव रहने गरी समितिले आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्ययोजना तयार गर्ने, स्वीकृति दिने, कार्यक्रम सञ्चालन, अनुगमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी पाउनेछ ।
प्रतिक्रिया 4