+
+
Shares

‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘वरिष्ठ बलराम’को पाश्र्वगीत ‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ।
  • यो तथ्यांक पछिल्लो २८ दिनको हो र गीतले दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई पछि पारेको छ।
  • ‘भ्वाइस अफ नेपाल’ सिजन ४ का फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’मा समावेश पाश्र्वगीत ‘न्याउली बनैमा’मा युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ ।

यो तथ्यांक पछिल्लो २८ दिनको हो ।

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई उछिनेर उक्त गीत पहिलो स्थानमा पुगेको हो ।

‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई अहिलेसम्म युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।

गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा विजय बराल र समृद्धि अर्यालले नृत्य गरेका छन् । प्रदीप लामाको नृत्य निर्देशन छ ।

समधुर लय र मिठासले भरिएको यो गीत अहिले टिकटक र रिल्समा रुचाइएको छ । हलमा पनि दर्शकले यो गीतमा इन्जोय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?