+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१९ बलमा ५१ रन आवश्यक
चितवन राइनोज 2025
119/9 (16.5)
Shares

जन्मदेव जैसीले त्यागे माओवादीको केन्द्रीय सदस्य पद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते २०:३०

१९ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य जन्मदेव जैसीले पार्टी सदस्यता प्रचण्डलाई नै फिर्ता गरेको घोषणा गरेका छन् ।

माओवादी, एकीकृत समाजवादी सहितका दलले एकता घोषणा गर्रेसँगै जैसीले सदस्यता फिर्ता गरेको घोषणा गरेका हुन् ।

जनपक्षीय श्रमजीवी पत्रकारहरूको हकहितमा सक्रिय रहेका उनले बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत संयोजक प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘यो ‘दर्ज्यानी पद’ प्रचण्ड कमरेड तपाईं नै राख्नोस् भनेर फिर्ता गरियो ।’

पार्टीबाट अलग भएका सचिवालय सदस्य जनार्दन शर्मा र राम कार्कीले पनि ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले दिएको ‘दर्ज्यानी’ पद त्यागेर आएको बताएका थिए ।

जन्मदेवले पनि प्रचण्ड नेतृत्वको वृद्धहरुको समूहले आम मजदुर, श्रमजीवीहरुको मुद्दा छोडेर दलालीकरण र भ्रष्टीकरणको चंगुलमा फसेकाले आम श्रमजीवी–पत्रकारहरुको हक अधिकारका लागि आफैं लड्न यो दर्ज्यानी चिन्ह (पद) त्याग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?