News Summary
Generated by OK AI. Editorially reviewed.- ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ।
- ग्राण्डले जेभियर ईन्टरनेसनललाई १२४-९ को फराकिलो अन्तरले पराजित गर्यो।
- ट्रेनिङ ग्राउण्डले साईपाल एकेडेमीलाई १२८-३५ ले हराएको छ।
२१ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको तेस्रो दिन बिहीबार ग्राण्डले जेभियर ईन्टरनेसनललाई १२४-९ को फराकिलो अन्तरले पराजित गर्यो ।
खेलमा ग्राण्डकी प्रेडिका महर्जनले सर्वाधिक २१ स्कोर गरिन् । उनी काजी क्याफे प्लेअर अफ दि म्याच घोषित भईन् ।

यस्तै अर्को खेलमा ट्रेनिङ ग्राउण्डले साईपाल एकेडेमीलाई १२८-३५ ले हरायो । ट्रेनिङ ग्राउण्डकी रोशनी श्रेष्ठले सर्वाधिक ३४ अंक स्कोर गरिन् । उनी एडुक्वेस्ट प्लेअर।अफ दि म्याच घोषित भईन् ।
यस्तै जुनियरतर्फ रिब्सले बाैद्ध ईन्टरनेसनललाइ ३०-९ ले हरायो ।

प्रतिक्रिया 4