+
+
Shares
बक्सअफिस :

‘जारी २’ र ‘परान’ ले शनिबार एकैदिनमा कमाए १ करोडभन्दा धेरै

रोचक के छ भने, नवौं दिनमा पनि अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले १ करोड २ लाख ६५ हजार नेरु ग्रस कमाएको थियो । त्यसलाई पनि ‘परान’ ले उछिनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘परान’ले प्रदर्शनको नवौं दिन शनिबार १ करोड २० लाख नेरु ग्रस कमाएको छ।
  • ‘जारी २ : सङ अफ च्याब्रुङ’ले प्रदर्शनको दोस्रो दिन शनिबार १ करोड २१ लाख नेरु ग्रस कमाएको छ।
  • ‘परान’ र ‘जारी २’ बीच शनिबारको कमाइमा मात्र १ लाख नेरुको अन्तर देखिन्छ।

काठमाडौं । प्रदर्शनरत फिल्महरू ‘जारी २’ र ‘परान’ ले शनिबार एकैदिनमा घरेलु बक्सअफिसमा १ करोडभन्दा धेरै ग्रसको ब्यापार गरेका छन् ।

प्रदर्शनको नवौं दिनमा शनिबार नीर शाह स्टारर ‘परान’ ले एकैदिनमा १ करोड २० लाख नेरु ग्रस कमायो ।

रोचक के छ भने, नवौं दिनमा पनि अनमोल केसी स्टारर ‘जेरी अन टप’ ले १ करोड २ लाख ६५ हजार नेरु ग्रस कमाएको थियो । त्यसलाई पनि ‘परान’ ले उछिनेको छ ।

दयाहाङ राई स्टारर ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले प्रदर्शनको दोस्रो दिन शनिबार मात्रै १ करोड २१ लाख नेरु ग्रस कमाएको छ ।

कमाइको आँकडा हेर्दा, यी दुई फिल्मबीच बक्सअफिसमा भीडन्त देखिन्छ । यी दुई फिल्मको शनिबारीय कमाइबीच १ लाखको मात्र अन्तर देखिन्छ ।

सिनेपाः बक्सअफिसले यी दुई फिल्मको कूल ब्यापार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

बलियो वर्ड अफ माउथको मद्दतमा ‘परान’ले पहिलोभन्दा दोस्रो सातामा राम्रो कमाइ गरेको देखिन्छ । एकैदिन दुई नेपाली फिल्मले बक्सअफिसमा एक करोडभन्दा धेरै ब्यापार गर्नु पक्कै पनि सुखद कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?