News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई धरौटीबापत २ करोड ३८ लाख रुपैयाँ तिरेको छ।
- धरौटी रकम तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबारदेखि पुनः जडान भएको छ।
- शिवम् सिमेन्टको ६६ करोड ८९ लाख रुपैयाँ बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ।
२४ कात्तिक, काठमाडौं । मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले नेपाल विद्युत् प्राधिकरणलाई धरौटीबापतको रकम तिरेको छ ।
लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट उपयोग गरेको विद्युत् महशुलका विषयमा विवाद रहेका बेला यसअघि उद्योग वाणिज्य महासंघ र सरकारबीच भएको सहमतिअनुसार धरौटीवापतको रकम भुक्तानी भएको छ ।
पहिलो किस्ता बराबरको रकम धरौटीस्वरुप तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत लाइन सोमबारदेखि जडान भएको छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्म उद्योगहरुले डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरेको प्राधिकरणको भनाइ छ ।
शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी २ करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बराबरको रकम धरौटीबापत बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4