+
+
Shares

दोलखामा लागुऔषधसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:४९

२५ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय दोलखाले लागुऔषध सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका -७ का ३५ वर्षीय सुन्दरप्रकाश खड्का, मेलुङ गाउँपालिका-२ का २१ वर्षीय रुद्रबहादुर कार्की र भीमेश्वर नगरपालिका -३ का २६ वर्षीय निरज खड्कालाई लागुऔषध दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी  दिए ।

लागुऔषध खरिद बिक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भिमेश्वर नगरपालिका-३ चरिकोट बजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको उनले बताए ।

तिमल्सिनाका अनुसार प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोरिक क्यापसुल (१९१ वटा), ३ थान मोबाइल र नगद दुई हजार पाँच सय बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई दोलखा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?