+
+
Shares

सुरक्षाको प्रत्याभूति गर्न पाएनौं : निजी क्षेत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निजी क्षेत्रले जेनजी आन्दोलनपछि सुरक्षाको प्रत्याभूति नपाएको गुनासो गर्दै तत्काल कारबाहीको माग गरेको छ।
  • नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए।
  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानी आकर्षणका लागि सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताए।

२८ कात्तिक, काठमाडौं । निजी क्षेत्रले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेको छ । उद्योगी व्यवसायीले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताएका छन् ।

भदौ २४ गते भएको आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्नुपरेको बताए ।

राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत वर्षका सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक देखिएपनि अहिले अत्यान्तै अप्ठ्यारो स्थिति सामना गर्नुपरेको उल्लेख गरे । आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै उनले व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए ।

‘व्यक्तिवादी जुन टार्गेट भयो, सरकारी सम्पदा र व्यवसाय तथा उद्योगीका घरघरमा गएर आक्रमण भएको छ’ उनले भने ‘त्यसले गर्दा व्यावसायी हतोत्साहित भएका छन् ।’ आगजनीमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्ने उनले माग गरे । भोलिका दिनमा सरकारले यस्ता घटना नदोहोरिने वातावरण राज्यले बनाउनुपर्ने उनले बताए ।

आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर हुनुलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए । भ्रष्टाचार निवारण, परदर्शिता, नीतिगत स्पष्टता आफूहरुले समेत समेत उठाउँदै आएको माग भएकाले अब यसमा राज्य संयन्त्रले प्राथमिकता दिनुपर्ने बताए ।

नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिको उनले स्वागत गरे । जेन–जी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको उनले बताए ।

‘विगतमा जस्तै आगामी दिनमा लगानी, अर्थतन्त्र, जेनजी आन्दोलनले व्यवसायमा पारेको प्रभाव, लगायतका विषयमा अध्ययन गरिरहेका छौं,’ उनले भने ‘हामी सार्वजनिक गर्नेछौं ।’ हालको ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षमा १०० अर्ब डलरमा पुर्‍याउने प्रतिवद्धता सबैमा हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेन–जी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए । सरकारले तत्कालै सुरक्षाको प्रत्याभुति गर्न जरुरी रहेको उनले बताए ।

‘लगानीको आकर्षण बढाउन सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ’ उनले भने ‘विदेशीलाई मात्रै नभई स्वदेशी लगानीमा पनि इभेस्टमेन्ट प्रोटेक्सन पोलिसी हुनुपर्छ ।’ राजनीतिक स्थायित्व उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?