News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाह स्टारर फिल्म 'परान' २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
- फिल्मले प्रदर्शनको २१ औं दिनसम्म १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ।
- 'परान' ले अनमोल केसी स्टारर 'जेरी अन टप' को १२ करोड १४ लाख रुपैयाँ कमाइलाई उछिनेको छ।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ ।
प्रदर्शनको २१ औं दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ ।
फिल्मले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको कमाइ बिहीबार बेलुका ६ बजेसम्म बक्सअफिसमा १२ करोड १४ लाख नेरु ग्रस छ ।
दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले आगामी सप्ताहन्त (शुक्रबार र शनिबार) १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यो अनुमानका सूचक सकारात्मक यसकारण देखिएका छन् कि फिल्मले विकडेजमा पनि दैनिक ३० देखि ५० लाख औषत कमाइरहेको छ, जुन सशक्त हो ।
धन्यवाद- बलियो ‘वर्ड अफ माउथ’ लाई, जसको कारण यो फिल्मको गति अझै रोकिएको छैन । फिल्म अन्तर्राष्ट्रिय बजारहरूमा पनि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4