+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
५५ बलमा ७७ रन आवश्यक
कर्णाली याक्स 2025
63/4 (10.5)
Shares

बारामा तस्कर समूह र प्रहरीबीच गोली हानाहान

बाराको पचरौता नगरपालिका-६ स्थित चिकनी टोलमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १७:३५

८ मंसिर, काठमाडौं । नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत बाराको पचरौता नगरपालिका-६ स्थित चिकनी टोलमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ ।

भारतको हनुमाननगरबाट नेपाल तर्फ तस्करीको सामान भित्र्याउँदै गरेको समयमा गएराति प्रहरीले रोक्न खोज्दा तस्कर समूहले एक्कासि २ राउन्ड गोली प्रहार गरेपछि प्रहरीले पनि ९ राउन्ड जवाफी फायर गरेको जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका २५ जनाको समूहले ट्याक्टरमा सामान लोड गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीसँग जम्का भेट भएको थियो । तस्कर समूहले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेर ट्याक्टरलाई भारततर्फ नै फिर्ता लगेको थियो ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहको कमाण्डमा थप १० जनाको प्रहरी टोली घटना स्थल पुगेको थियो ।

प्रहरीको टोलीले पनि गोली प्रहार गरेपछि तस्कर समूहल ४ वटा मोटरसाइकल दसगजा क्षेत्र वरिपरि छाडेर फरार भएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?